News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
- चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा रु आठ लाख ठगेको अभियोगमा पक्राउ परेका छन्।
- काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापका ३५ वर्षीय फुर्वा तामाङ मृत फेला परेका छन्।
२६ मंसिर, काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
ठगी गरेको अभियोगमा पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रु आठ लाख ठगेको अभियोगमो चितवनको माडी नगरपालिकाका ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–९ गौशाला रून्चेडाँडास्थित ओमसहारा गेष्ट हाउसमा रामेछापको दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ आज मृत फेला परेका छन् ।
प्रतिक्रिया 4