+
+
Shares

च्यासलमा एमाले सचिवालय बैठक, विधान संशोधनको प्रस्ताव लगिँदै

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:४५
तस्वीर : शंकर गिरी/अनलाइनखबर
Listen News
0:00
0:30
🔊

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको हो ।

दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको बैठक ढिलोगरी सुरु भएको हो ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ ।

स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिँदैछ । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिादै आएको छ ।

यसले सचिवालय बैठक पेचिलो बन्ने सम्भावना देखिएको छ । अझ पोखरेलले राखेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापनको तयारीले पनि सचिवालय बैठकमा नेताहरूको चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?