१७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको प्रष्टोक्ति दिएकी छिन् ।
बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् ।
उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताइन् । ‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ । म एकतामा छु,’ उनले भनिन् ।
रास्वपा छोडेपछि उनी उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा पनि सामेल भएकी थिइन् ।
अन्तिममा उनी यो पार्टीमा भने सहभागी भइनन् ।
तर नयाँ पार्टीहरूबीच एकता आवश्यक रहेकोमा उनले जोड दिइन् । नयाँहरू नमिल्ने हो भने भने पुराना पार्टी नै आउने भएकाले एकता गर्न सबैलाई उनले आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4