News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानले ओमानलाई ९३ रनले हराएको छ।
- पाकिस्तानले दिएको १६१ रनको लक्ष्य ओमानले ६७ रनमै अलआउट भएर पूरा गर्न सकेन।
- पाकिस्तानका साइम अयुब, सफियान मुकिम र उसामा मिरले ओमानलाई प्रभावकारी बलिङ गर्दै सम्हालिन दिएनन्।
२७ भदौ, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हराएको हो ।
पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको ओमान ६७ रनमै अलआउट भयो । हम्माद मिर्जाले २७ रन बनाए पनि अरु खेलाडी क्रिजमा टिक्न सकेनन् ।
पाकिस्तानका साइम अयुब (२–८), सफियान मुकिम (२–७) र उसामा मिर (२–६) ले प्रभावकारी बलिङ गर्दै ओमानलाई सम्हालिन दिएनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो । मोहम्मद हारिसले ४३ बलमा ६६ रन बनाए भने सहिबजादा फरहानले २९ रनको योगदान दिए ।
ओमानका स्पिनर आमिर कलीम र शाह फैसलले समान ३ विकेट लिएर पाकिस्तानलाई रोक्ने प्रयास गरे पनि मोहम्मद नवाजको अन्तिमतिरको खेलले टोलीलाई १५० पार गरायो ।
अब पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया 4