Comments Add Comment

विष्णु र शंकरलाई प्रचण्डको जवाफ : बालुवाटारबाटै निकासको प्रस्ताव ल्याउनुस्

२४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयको वार्ता रोकिएका बेला नेताद्वय विष्णु पौडेल र शंकर पोखरेल शनिबार खुमलटार पुगेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अर्का अध्यक्ष एवं प्रधानमधी केपी शर्मा ओलीनिकट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल खुमलटार पुगेका हुन् ।

बिहीबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि प्रचण्डसँग छलफल गरेका थिए । शनिबारको भेटमा पौडेल र पोखरेलले पनि दुई अध्यक्षवीचको सहमतिमा जोड दिएका छन् ।

जवाफमा प्रचण्डले आफूहरु सहमतिकै पक्षमा रहेको, तर अहिलेको गतिरोध अन्त्यका लागि अर्का अध्यक्ष ओलीले निकास दिनुपर्ने बताएको स्रोतको दाबी छ । ओली आफ्नो अडानमा टसका मस नभएको भन्दै उनले भने, ‘मिल्नुपर्छ मात्र भनेर हुन्छ ? केपी ओलीसँग सहमति गरेर निकासको प्रस्ताव ल्याउनुस् ।’

ओली र प्रचण्ड-माधवकुमार नेपाल पक्षको विवादका कारण नेकपाको स्थायी कमिटी बैठकसमेत बस्न सकेको छैन । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड-नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाव दिएका थिए ।

पटक-पटक भएको वार्तामा सहमति जुटन नसकेपछि ओलीले १३ साउनको बैठक एकपक्षीयरुपमा स्थगित गरेका थिए ।
तर, प्रचण्डले बहुमत स्थायी कमिटी सदस्य राखेर ओलीको निर्णयमा आपत्ति जनाए । यद्यपि त्यो बैठकले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर स्थायी कमिटी सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिए ।

त्यसअनुसार दुई अध्यक्षबीच भेटवार्ता भएपछि सहमति जुट्न सकेन र, केही दिनयता दुई अध्यक्षबीच वार्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment