+
+
Shares

नेकपा सांसदको प्रश्न– सञ्जालमा पोस्ट गर्दैमा देश बन्छ र ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशीको बाढीपछिको पुनर्निर्माणमा राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताइन्।
  • उनले सामाजिक सञ्जालमा चर्चाभन्दा धरातलीय श्रमको संस्कृतिलाई जोड दिनुपर्ने भन्दै जनताको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गरिन्।
  • उनले बाढी प्रभावित क्षेत्रमा नेकपा(एमाले)सहितका युवाले उद्धार र राहतमा सक्रिय भएर सुनसहितको धनमाल पीडितलाई बुझाएको स्मरण गरिन्।

७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताएकी हुन् ।

सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल नेकपा (एमाले) संवद्ध युवा संगठनका सदस्यहरू सुरुदेखि नै उद्धार र राहत वितरणमा सक्रिय रहेको स्मरण गराइन् । उनले युवाहरूले फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमान्दारिताको नमूना प्रश्तुत गरेको समेत उल्लेख गरिन् ।

‘के माटो र बेल्चा नछोई देशको विकास सम्भव छ ? सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ? देश निर्माणका लागि केवल राज्यको संयन्त्र मात्र पर्याप्त हुँदैन, जनताको सक्रिय सहभागिता अनिवार्य हुन्छ,’ उनले भनिन् ।

उनले विगतमा ‘शहीद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गर्दै सोही संस्कारलाई पुन: ब्युँत्याउनुपर्नेमा जोड दिइन् ।

हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै सोही शक्तिलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न आग्रह उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?