+
+
Shares

नेकपा केन्द्रीय संयोजन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ७:५७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक आज दिउँसो १ बजे पेरिसडाँडामा बस्दै छ।
  • बैठकमा रसुवा बाढीपहिरोको अवस्था, सरकारको कामकारबाही र पार्टीले खेलेको भूमिकाबारे छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले बताए।
  • बैठकपछि पार्टीले बाढीपहिरो पीडितको राहत, उद्धार र पुनःस्थापनाबारे सरकारलाई सुझाव दिनेछ।

६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ ।

उनका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ ।

प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ ।

बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुनेछ ।

यसबाहेक आन्तरिक संगठनात्मक सवाल, पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?