+
+
Shares

नेकपा केन्द्रीय कार्य संयोजन बैठक सुरु, यस्ता छन् एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको पाँचौं बैठक ६ असोजदेखि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
  • अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठकले ८ वटा एजेन्डा तय गरेको छ।
  • एजेन्डामा शहीदप्रति श्रद्धाञ्जली, महाधिवेशन, संगठन समायोजन, सदस्यता नवीकरण र भोटेकोशी बाढी पीडितको पुनर्स्थापना तथा पुनर्निर्माण अभियान छन्।

६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।

केन्द्रीय कार्य संयोजन समितिको यो पाँचौं बैठक हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकले विभिन्न ८ वठा एजेन्डाहरू तय गरेको छ ।

यस्ता छन् बैठकका एजेन्डाहरू–

१. शहीदप्रति श्रद्धाञ्जली

२. संयोजक सहसंयोजक द्वारा वर्तमान राष्ट्रिय परिस्थिति र हाम्रो दायित्वका विषयमा मन्तव्य

३. महाधिवेशन र अधिवेशनहरूबारे

४. सचिवालय र कार्यसमिति बैठक

५. पार्टी र जनवर्गीय संगठनहरूको समायोजन र सदस्यता नवीकरण

६. विशेष संगठन सुदृढीकरण अभियान

७. पार्टीमा समाहित गर्नेबारे

८. विविध

क) भोटेकोशी बाढी पीडितको पुनर्स्थापना र पुनर्निर्माण अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?