Comments Add Comment

एक बोतल पानीको अधिकतम् मूल्य १६ रुपैयाँ तोकियो

२६ साउन, काठमाडौं । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।

नयाँ मूल्य अनुसार एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० र बोतलको मूल्य १६ रुपैयाँ तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुने विभागका निर्देशक एवम अध्ययन कार्यदलका संयोजक सागर मिश्रले जानकारी दिए ।

प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ तोकिएको छ । प्रशोधित पानी १ लिटर बोटल प्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रतिकार्टुन कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment