+
+
Shares

रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १५:१९

२६ साउन, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । रुसले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार एक पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका कारण ७० जनाको मृत्यु भएको हो

त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि आठ लाख ९२ हजार ६५४ पुगेको छ । रुस संक्रमित संख्याको आधारमा विश्वमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको चौथो ठूलो मुलुक हो । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका पाँच हजार ११८ नयाँ संक्रमित फेला परेका छन् ।

रुसमा अन्य मुलुकको तुलनामा कोरोना संक्रमितको मृत्युदर भने कम छ । यद्यपि रुसमाथि वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?