Comments Add Comment

२०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन रोक !

Photo Credit : फाइल फोटो
थानकोट नाकामा चेकजाँच गर्दै प्रहरी

२५ साउन, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ र, अधिकांश संक्रमित विभिन्न जिल्लामाट आएका छन् ।

यसबारे भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए ।

सीसीएमसीले फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका ब्यापार पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेेको छ ।

कोरोना संक्रमण समुदायस्तरमा विस्तार हुने जोखिम बढेको भन्दै सीसीएमसीले फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका व्यापार तथा कवाडी संकलन स्थानीय प्रशासन र स्थानीय तहले अनिवार्य रुपमा निशेष गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment