Comments Add Comment

कांग्रेसका विभागहरुमा देउवाले गरे मनोनयन (नामावलीसहित)

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ । कतिपय विभागहरुको प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् ।

संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ । सचिवमा झापाका विनकुमार विश्वकर्मा तोकिएका छन् । संगठन विभाग ४१ सदस्यीय छ ।

शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाल, उपप्रमुखमा चितवनका शेषनाथ अधिकारी र सचिवमा कास्कीका डा. कृष्णप्रसाद पौडेल तोकिएका छन् । शिक्षा विभाग ४० सदस्यीय छ ।

कांग्रेस सभापति देउवाले यातायात व्यवसायी समन्वय विभागको जिम्मा महेन्द्र यादवलाई दिएका छन् । ४१ सदस्यीय यो विभागको उपप्रमुख वा सचिव भने तोकिएको छैन ।

यसैगरी मुस्लिम विभागको प्रमुखमा फरमुल्लाह मन्सुर छन् । सचिव बाराका परवेज अन्सारी तोकिएका छन् । मुस्लिम विभाग ३८ सदस्यीय छ ।

तराई–मधेश समन्वय विभाग प्रमुखको जिम्मेवारी अजयकुमार चौरसियाले पाएका छन् । यसको उपप्रमुखमा सप्तरीका श्रीपत राउत र सचिवमा पर्साका रामनारायण प्रसाद कुर्मी छन् । देउवाले तराई–मधेश समन्वय विभाग ३९ सदस्यीय बनाएका छन् ।

संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारी रमेश रिजालले पाएका छन् । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ४० सदस्य छन् ।

वन, वातावरण तथा विपत व्यवस्थापन विभागको प्रमुख अम्बिका बस्नेत बनेकी छन् । ३९ सदस्य रहेको यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन ।

आनन्दप्रसाद ढुंगानाले वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यो विभागको उपप्रमुखमा सुर्खेतका गोविन्दबहादुर मल्ल तोकिएका छन् । यो विभाग पनि ३९ सदस्यीय छ ।

कांग्रेस सभापति देउवाले स्थानीय तह समन्वय विभाग प्रमुखको जिम्मा अर्जुनप्रसाद जोशीलाई दिएका छन् । उपप्रमुख र सचिव नतोकिएको यो विभागमा ३८ सदस्य छन् ।

निर्माण व्यवसायी समन्वय विभागको प्रमुख बीरबहादुर बलायर बनेका छन् । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ३९ सदस्य छन् ।

कांग्रेस सभापति देउवाले २०७७ जेठ १७ गते तरुण विभागमा मनोनयन गरेका थिए । तरुण विभाग प्रमुखको जिम्मा शंकर भण्डारीले पाएका छन् भने सचिव नवलपुरका श्यामप्रसाद श्रेष्ठ छन् ।

यसैगरी देउवाले २०७७ जेठ २८ गते खेलकुद विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । कांग्रेसको खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत छन् । उपप्रमुखमा काठमाडौंका मोहन कुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जन मनोनित भएका छन् ।

हेर्नुहोस् पूर्ण विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment