+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कांग्रेसका विभागहरुमा देउवाले गरे मनोनयन (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते ८:४८

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ । कतिपय विभागहरुको प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् ।

संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ । सचिवमा झापाका विनकुमार विश्वकर्मा तोकिएका छन् । संगठन विभाग ४१ सदस्यीय छ ।

शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाल, उपप्रमुखमा चितवनका शेषनाथ अधिकारी र सचिवमा कास्कीका डा. कृष्णप्रसाद पौडेल तोकिएका छन् । शिक्षा विभाग ४० सदस्यीय छ ।

कांग्रेस सभापति देउवाले यातायात व्यवसायी समन्वय विभागको जिम्मा महेन्द्र यादवलाई दिएका छन् । ४१ सदस्यीय यो विभागको उपप्रमुख वा सचिव भने तोकिएको छैन ।

यसैगरी मुस्लिम विभागको प्रमुखमा फरमुल्लाह मन्सुर छन् । सचिव बाराका परवेज अन्सारी तोकिएका छन् । मुस्लिम विभाग ३८ सदस्यीय छ ।

तराई–मधेश समन्वय विभाग प्रमुखको जिम्मेवारी अजयकुमार चौरसियाले पाएका छन् । यसको उपप्रमुखमा सप्तरीका श्रीपत राउत र सचिवमा पर्साका रामनारायण प्रसाद कुर्मी छन् । देउवाले तराई–मधेश समन्वय विभाग ३९ सदस्यीय बनाएका छन् ।

संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारी रमेश रिजालले पाएका छन् । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ४० सदस्य छन् ।

वन, वातावरण तथा विपत व्यवस्थापन विभागको प्रमुख अम्बिका बस्नेत बनेकी छन् । ३९ सदस्य रहेको यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन ।

आनन्दप्रसाद ढुंगानाले वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यो विभागको उपप्रमुखमा सुर्खेतका गोविन्दबहादुर मल्ल तोकिएका छन् । यो विभाग पनि ३९ सदस्यीय छ ।

कांग्रेस सभापति देउवाले स्थानीय तह समन्वय विभाग प्रमुखको जिम्मा अर्जुनप्रसाद जोशीलाई दिएका छन् । उपप्रमुख र सचिव नतोकिएको यो विभागमा ३८ सदस्य छन् ।

निर्माण व्यवसायी समन्वय विभागको प्रमुख बीरबहादुर बलायर बनेका छन् । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ३९ सदस्य छन् ।

कांग्रेस सभापति देउवाले २०७७ जेठ १७ गते तरुण विभागमा मनोनयन गरेका थिए । तरुण विभाग प्रमुखको जिम्मा शंकर भण्डारीले पाएका छन् भने सचिव नवलपुरका श्यामप्रसाद श्रेष्ठ छन् ।

यसैगरी देउवाले २०७७ जेठ २८ गते खेलकुद विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । कांग्रेसको खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत छन् । उपप्रमुखमा काठमाडौंका मोहन कुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जन मनोनित भएका छन् ।

हेर्नुहोस् पूर्ण विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?