
२५ साउन, काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्नको अभियोगमा उद्धार उडानमार्फत नेपाल फर्किएका ३ जनालाई पक्राउ गरेको छ ।
कोरोना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न गरिएको चार्टर्ड फ्लाइटमा आएकाहरु सुनजस्तो देखिने धातुसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके रहेका छन् ।
संयुक्त अरब इमिरेट्स युएईबाट आएका उनीहरुबाट १७५७.४ ग्राम धातु बरामद गरिएको छ । उक्त धातुलाई बाहिरबाट चाँदीले लेपन गरिएको छ । प्रहरीले भने सुनलाई चाँदीले लेपन गरेको आशंकामा परीक्षण गर्न पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4