Comments Add Comment

हर्बल ब्युटी प्रोडक्टको बिक्री घट्यो

काठमाडौं । यसअघि अनलाइन अर्डर लिएर घरघरमा हर्बल ब्युटी प्रोडक्ट बिक्री गर्ने गरेको काठमाडौं बौद्धको हर्बल ब्युटी प्रोडक्ट तथा कस्मेटिक स्टोरले अनलाइन कारोबार बन्द ग¥यो । लकडाउन र त्यसपछिको कोभिडको त्रासमा समेत राम्रै व्यापार भइरहेको हर्बल प्रोडक्टलाई सुरक्षाको कारणदेखाउँदै विक्रेताले नै बिस्तारै बन्द गर्न थालेका छन् ।

कोभिड १९ को प्रकोप बढ्दै जाँदा ठाउँठाउँमा संक्रमित बढ्न थालेपछि जोखिम मोल्न नसकेर नै अनलाइनबाट अर्डर लिने काम बन्द गरिएको सञ्चालक अनिल कोइराला बताउँछन् ।

अहिले कोभिडकै कारण कुनै पनि नयाँ उत्पादनहरू बजारमा आउन छाडेका छन् । ‘अहिले केही नयाँ उत्पादन छैन, एक÷दुई किसिमको सप्लिमेन्ट क्रिमहरू बिक्री हुने गरेको छ ।’ कोइराला भन्छन् ‘अहिले बजार हिस्सा घट्दै नघटेको त होइन । तर अर्डर आएको ठाउँमा समेत कोरोनाका कारण पु¥याउन सकिएको छैन ।’

पूर्णतया प्राकृतिक छालामैत्री पदार्र्थको प्रयोग, रसायनको प्रयोग नगर्नु, छालाको सुन्दरताको नाममा कृतिम पदार्थको प्रयोग कम गर्नु, शुद्ध खनिज र भिटामिनको प्रयोग जस्ता कारणले हर्बल ब्युटी अरूभन्दा भिन्न रहेकोले माग पनि बढिरहेको कोइराला बताउँछन् ।

विश्वमा झण्डै ५ हजार वर्ष पुरानो रहेको विश्वास गरिने यो सौन्दर्य प्रणालीलाई अहिलेसम्म रसायन मिसिएको सौन्दर्य सामग्रीले विस्थापित गर्न सकेको छैन । सौन्दर्यका लागि जडीबुटीको प्रयोग गर्ने क्रम मिस्र, ग्रीक, रोमी, चिनियाँहरूले धेरै पहिलेदेखि प्रयोग गर्दै आएको बताउँछन् ।

मिश्रवासीहरूले जडीबुटीको पात, डाँठ र बिउबाट झण्डै सात सय किसिमको औषधिको विधि उल्लेख गरेका छन् । यी जडीबुटीलाई रक्सी, सौन्दर्य सामग्री र बिरामी हुँदा औषधिको रूपमा समेत प्रयोग गर्ने गरिएको छ ।

हर्बल ब्युटी प्रोडक्टहरू विशेषगरी हाम्रोे छाला र कपालको लागि फाइदाजनक हुने गर्छ । यसको पनि भिन्दाभिन्दै लेभल हुन्छ । आफ्नो सुरक्षाको लागि लेभल यकिन गरेर खरिद गर्नु उपयुक्त हुने कोइराला बताउँछन् ।

उनी भन्छन् ‘अरू ब्युटी प्रोडक्ट र हर्बल प्रोडक्टको भिन्नतालाई सिटामोल र एन्टिवायोटिकको सम्बन्धसँग दाज्न सकिन्छ । दुवैले ज्वरो कम गर्न सहयोग गर्ने गर्छन् । तर सिटामोलले बिस्तारै काम गर्छ, एन्टिवायोटिकले छिटो काम गर्छ तर बढी असरदार हुन्छ । त्यस्तै, हर्बल प्रोडक्टले पनि बिस्तारै काम गर्छ । तर प्रभावकारी काम गर्छ ।’

उनका अनुसार अहिले चायापोतोको क्रिमबाहेक अरू सबै सौन्दर्य सामग्रीको स्टक सकिइसकेको छ । बजारमा यसको माग बढिरहेको भए पनि आफूले नै कोभिडको असरका कारण बजारमा पु¥याउन नसकेको कोइराला बताउँछन् ।

कोइराला आफूले उत्पादन गर्ने नगरेको बताउँछन् । बिक्रीको धेरै हिस्सा भारतीय उत्पादनको रहेको र नेपाली उत्पादनको समेत यसमा राम्रै हिस्सा छ । ‘नेपाली कम्पनीले एउटा राम्रो प्रोडक्ट निकाले भने सकेसम्म ग्राहकले नेपाली उत्पादन नै किन्ने गर्छन् ।’ तर अहिलेको बजारहिस्सा भने भारतीय बजारकै धेरै रहेको कोइराला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment