Comments Add Comment

बीमा कम्पनीका ५० प्रतिशत कर्मचारीलाई ‘वर्क फ्रम होम’

२८ साउन, काठमाडौं । बीमा कम्पनीले अब ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाएर काम गराउनुपर्ने भएको छ । बाँकी ५० प्रतिशत कर्मचारीहरुलाई भने ‘वर्क फ्रम होम’ गर्न बीमा समितिले निर्देशन दिने भएको छ ।

कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यका थप बढे पछि मन्त्रिपरिषद् बैठकले नै आधा कर्मचारी राखेर मात्रै कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेको थियो । सरकारले गरेको निर्णय कार्यान्वयनका लागि बीमा समितिले बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिने भएको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले ५० प्रतिशतमात्रै कर्मचारी राखेर काम गराउने निर्णय भइसकेको जानकारी दिए । उनकाअनुसार समितिले आजै निर्देशन जारी गर्दैछ ।

बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि पनि अब जोरविजोर प्रणाली लागू हुने भएको छ । बैंक तथा बीमा क्षेत्रलाई सरकारले अत्यावश्यक सेवा क्षेत्रको रुपमा राखेको छ ।

अत्यावश्यक क्षेत्रलाई जोरविजोर प्रणाली लागू नहुने भनिए पनि प्रहरीले भने पास माग्दै बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई बाटोमा रोक्ने गरेको थियो ।

अब ५० प्रतिशतमात्रै कर्मचारी राखेर कार्यालय सञ्चालन हुने र जोर विजोरको नियम पनि पालना गर्नुपर्ने अध्यक्ष चापागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment