+
+
Shares

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १६:०१

३० साउन, बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार मन्त्रालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

एकजना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएका व्यक्ति तथा मन्त्रालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गर्ने काम सुरु भएको पौडेलले बताए । स्वाब संकलनपछि रिपोर्ट नआउन्जेल सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?