Comments Add Comment

भारतीय अस्पतालमा कलेजो प्रत्यारोप गराउने नेपाली चिकित्सकद्वारा आत्महत्या

१७ भदौ, काठमाडौं । भारतको मेदान्ता द मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण विभागमा कार्यरत नेपाली चिकित्सकले आत्महत्या गरेका छन् ।

भारतीय सञ्चार माध्यम दैनिक ट्रिब्युनका अनुसार ३९ वर्षीय नेपाली डा. सुजितकुमार साहले आफू बस्ने गरेको अपार्टमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

समाचारमा बताइएअनुसार मंगलबार दिउँसो करिब तीन बजे उनले आत्महत्या गरेका हुन् । उनी गुडगाउँको अपार्टमेन्टको आठौं तलामा भाडामा बस्दै आएका थिए ।

उनले परिवारिक कलहको कारण आत्महत्या गरेको हुन सक्ने समाचारमा बताइएको छ । मृतक साह घरमा एक्लै बस्दै आएका थिए । उनकी पत्नी पनि डाक्टर हुन् र उनी अहिले पश्चिम बंगालमा काम गर्छिन् । उनीहरुकी ६ वर्षीया छोरी पनि आमासँगै पश्चिम बंगालमा नै बस्दै आएकी छिन् ।

घटना भएको थाहा पाएसँगै सुरक्षा गार्डले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थलमा पुगेको प्रहरीले अस्पताल पुर्‍याउँदा साहलाई मृत घोषणा गरिएको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो आत्महत्या भएको देखिएको उल्लेख गरेको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलमा एक सुसाइड नोट पनि भेटिएको छ । जसमा उनले पारिवारिक कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् । उनले आफ्नी छोरीको भविष्यप्रति पनि चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment