+
+
Shares

राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते २२:३६

२८ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकलको पछाडि बस्ने करण ठगुन्ना पनि घाइते छन् ।

दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको कञ्चनपुरका डीएसपी अमर थापाले बताए । भण्डारीको टाउको, कम्मर र हातमा चोट रहेको थापाले अनलाइनखबरलाई जनाए ।

चिकित्सकलाई उदृत गर्दै उनले बताए अनुसार भण्डारीको स्वास्थ्य अवस्था मध्यम छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?