Comments Add Comment

कैलालीका पत्रकार आन्दोलित

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री

२९ भदौ, कैलाली । धनगढीस्थित दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने समूहलाई पक्राउ नगरिएको भन्दै कैलालीका पत्रकारहरू आन्दोलित भएका छन् ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले गृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए । दिनेश खबर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सञ्चार गृहमा पुगेको समूहले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेको थियो ।

कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको तीन दिनसम्म पनि आक्रमणमा संलग्नहरू पक्राउ नपरेपछि कैलालीका पत्रकारहरु आइतबारदेखि आन्दोलित भएका हुन् । सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएका छन् ।

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री

नेपाल पत्रकार महासंघ कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्नै मुख्यमन्त्री भट्टले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने समूहलाई कारबाही हुने आश्वासन दिएका छन् ।  ‘म सुरु देखिनै यो विषयमा गम्भीर छु । पहिले पनि आक्रमणमा संलग्नहरूलाई पक्राउ गर्न भनेको थिएँ,’ मुख्यमन्त्री भट्टले भने, ‘फेरि पनि प्रहरी प्रशासनलाई यस विषयमा थप निर्देशन जारी गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment