+
+
Shares

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर रोटाभेटरमा परेका ७ वर्षीय सुशान्त चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले ट्याक्टर र चालक खडकबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टरधनी खुसीराम चौधरी सम्पर्कमा रहेका छन्।

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए ।

प्रहरीका अनुसार बालक ट्याक्टर चालक खडकबहादुर चौधरीका छोरा हुन् । बालकको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि प्रहरीले ट्याक्टर र चालक खडकबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ । ट्याक्टरका धनी गौरीगंगा नगरपालिका–७ बस्ने ४० वर्षीय खुसीराम चौधरी प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?