Comments Add Comment

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

३० भदौ, चितवन । सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालले डाँडाबाट लेदोसहितको झरेको हिलो र ढुंगा पन्छाएर सडक सञ्चालन गरिएको बताए । सोमबार राति अबेर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीसँगै पहिरो खस्न पुग्दा सडक अवरुद्ध बन्न पुगेको थियो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment