Comments Add Comment

गुणस्तरहीन छड उत्पादन गरेपछि जगदम्बा स्टिललाई कारवाही

३० भदौ, काठमाडौं । गुणस्तरहीन छड उत्पादन गरेको भन्दै जगदम्बा स्टिललाई गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ । विभागले कम्पनीबाट उत्पादन हुने १६ एमएमको छडको इजाजत पनि स्थगन गरेको छ भने तीन सय टन उत्पादित छड बिक्रीमा रोक लगाएको छ ।

टीएमटी बार १६ एमएमको जगदम्बा छडमा कार्बन र सल्फरको मान नेपाल गुणस्तर मापदण्डभन्दा फरक रहेको विभागले जनाएको छ ।

गुणस्तर मापदण्डअनुसार छडमा ०.३० प्रतिशत हुनुपर्ने कार्बनको मात्रा ०.३५ प्रतिशत पाइएको थियो । यस्तै ०.०६० प्रतिशत रहनुपर्ने सल्फर ०.०५५ पाइएको थियो ।

यस्तै धादिङमा उद्योग रहेको मंगला सिमेन्टलाई पनि विभागले कारबाही गरेको छ । कम्पनीले उत्पादन गर्ने पीपीसी ‘ओम मंगला’ सिमेन्ट गुणस्तर हिन रहेको विभागले जनाएको छ ।

विभागले उद्योगबाट संकलन गरेको दुई किसिमको नमूनामा गुणस्तर मान तोकिएको भन्दा धेरै पाइएको थियो । समेन्टमा कम्प्रेसिभ स्ट्रेन्थ क्रमश १४ एमपीए र १९ एकपीए हुनु पर्नेमा १६ तथा २२ एमपीए पाइएको विभागले जनाएको छ ।

गुणस्तरहीन उत्पादित दुई ब्याचको सिमेन्ट बजारबाट फिर्ता गर्ने र पीपीसी सिमेन्टको बिक्रि वितरण रोक्ने निर्णय पनि विभागले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment