+
+
Shares

कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

रोयल आचार्य रोयल आचार्य
२०७७ भदौ २९ गते २१:२८

२९ भदौ, काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमकाे २५ प्रतिशत मात्र दिने भएको छ ।

आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ ।

समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

नयाँ बीमितलाई नयाँ मापदण्ड

सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको छ ।

बीमा समितिले उक्त मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको छ ।

तर बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।

मानौं, कुनै बीमित कोरोना संक्रमित भएर घरमै आइसोलेसन बसे राहत खर्च बापत २५ प्रतिशत रकम अर्थात (एक लाखको बीमा गरेको भए २५ हजार रुपैयाँ) पाउनेछ । यदि बीमित संक्रमित अस्पताल भर्ना हुनु परेमा चिकित्सकले प्रमाणित गरेको बिल भपाई पेश गरेमा अस्पताल भर्ना खर्च बापत अधिकतम् ७५ प्रतिशतसम्म अर्थात बाँकी ७५ हजार रुपैयाँसम्म पाउन सक्नेछन् ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?