Comments Add Comment

अन्तर विद्यालय लिग फुटबल मंसिर दोस्रो सातादेखि गर्ने एन्फाको तयारी

६ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता मंसिर दोस्रो सातादेखि गर्ने तयारी गरेको छ ।

एन्फाले युवा फुटबल खेलको विकास र विस्तारका लागि अन्तर विद्यालय लिग फुटबल गर्न लागेको र त्यसमा उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका साथै काभ्रे जिल्लालाई पनि समावेश गर्ने जनाएको छ ।

यस्तै विद्यालय लिगमा यसवर्ष देखि १५ वर्ष मुनीका उमेर समूहका विद्यार्थीहरुलाई सहभागिता गराउने एन्फाले जनाएको छ । लिग मंसिर दोस्रो सातादेखि सुरु गर्ने कार्ययोजना तर्जुमा गरेको एन्फाले जनाएको छ ।

युवा खेलाडीहरुलाई अवसर प्रदान गर्दै निकट भविष्यमा उमेर समूहको राष्ट्रिय टिमसम्म प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

त्यसका लागि एन्फाले सूचना जारी गर्द उपत्यकालगायत काभ्रे जिल्लाका इच्छुक विद्यालयहरुलाई सहभागी हुन समेत आह्वान गरेको छ ।

एन्फाले विद्यालय लिगमा सहभागि हुनका लागि यस सूचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा काठमाडौं उपत्यका र काभ्रेका इच्छुक विद्यालयले आवेदन दिनुपर्ने जनाएको छ ।

साथै एन्फाले विद्यालयको आफ्नै खेल मैदान (चौडाई कम्तीमा ३५ देखि ५० मिटर र लम्बाई कम्तीमा ७० देखि १०० मिटर) हुपुपर्ने, विद्यालयको आफ्नै यू १५ टिम हुनुपर्ने जसमा कम्तीमा २३ र बढीमा ३० जना युवा खेलाडीहरु रहनुपर्ने, विद्यालयको टिममा न्यूनतम एएफसी सी लाइसेन्स कोचिङ सर्टिफिकेट पूरा गरेको प्रशिक्षक अनिवार्य हुनुपर्ने र विद्यालयको मैदानमा होम म्याचका खेलहरु सञ्चालन गर्ने सम्भाव्यता हुनुपर्ने मापदण्ड राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment