Comments Add Comment

रोहित आज इन्डोनेसिया जाँदै

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द आज इन्डोनेसिया जाने भएका छन् । इन्डोनेसियाको लिगमा पर्सिजा जाकार्ताबाट खेल्ने रोहित आज राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

रोहित राति साढे १० बजे जाने उनका एजेन्ट तथा दाइ रोविन चन्दले जानकारी दिए ।

कोरोना भाइरस महामारीका कारण इन्डोनेसियाको लिग रोकिएपछि रोहित असार दोस्रो साता नेपाल फर्किएका थिए । उनी मलेसियाको राजधानी क्वालालम्पुर हुँदै इन्डोनेसिया जानेछन् ।

पछिल्लो समय इन्डोनेसियामा कोरोना संक्रमतिको संख्या बढिरहेको छ । तर त्यहाँको फुटबल संघले एउटा छुट्टै टापु (जाभा आइल्याण्ड)मा लिगका बाँकी खेल गराउने गरी तयारी गरिरहेको रोविनले बताए ।

लिग सुरु हुजे मिति टुङ्गो नलागे पनि अक्टोबरमा लिग फेरि सुरु गर्ने तयारी भइरहेको छ ।

रोहित समावेश टिम पर्सिजा जाकार्ताले लिगका लागि प्रशिक्षण सुरु गरिसकेको छ ।

इन्डोनेसिया जानुअघि नेपालमै पिसिआर परीक्षण गराएका रोहितको रिपोर्ट आज आउँदैछ । रिपोर्ट नेगेटिभ आएमा त्यो ४८ घण्टासम्म काम लाग्ने छ । रोहित इन्डोनेसिया पुगेपछि टिमको प्रशिक्षणमा समेत सामेल हुन सक्नेछन् । अन्यथा रोहित दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment