६ असोज, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले विजयी सुरु गरेको छ । सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-० ले पराजित गरेको हो ।
गुसेमे मेज्जा स्टेडियममा भएको खेलमा इब्राहिमोभिचले ३५औं मिनेटमा गोल गर्द मिलानलाई अग्रता दिलाए । ५०औं मिनेटमा प्राप्त पेनाल्टीमा इब्राहिमोभिचले नै गोल गर्दै मिलानले अग्रता दोब्बर बनायो ।
८८औं मिनेटमा बोलोग्नाका मिचेल डिक्स रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलोग्नाले १० खेलाडिमा रहेर खेलको अन्त्य गरेको थियो ।
३८ वर्षीय इब्राहिमोभिचले लगातार २२ सिजन गोल गरेका हुन् । उनले सन् १९९९ मा स्वीडिस क्लब माल्मोबाट फुटबल करियर सुरु गरेका उनले हरेक सिजन गोल गर्दै आएका छन् ।
प्रतिक्रिया 4