Comments Add Comment

सिटीको विजयी सुरुवात, एउटै म्याचविकमा सर्वाधिक गोलको कीर्तिमान

६ असोज, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा सिटीले वल्भसलाई ३-१ ले पराजित गरेको हो ।

वल्भसको मैदानमा भएको खेलमा केभिन डे ब्रुएनाले २०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

७८औं मिनटमा वल्भसका राहुल जिमिनेजले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर इन्जुरी टाइममा गाब्रिएल जेससले गोल गर्दै सिटीको जित पक्का गरे ।

जितपछि सिटीले ३ अंक जोडेको छ । पहिलो खेल जितेको वल्भ्सको भने यो पहिलो हार हो ।

लिगकै अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ । भिल्लाका लागि कोन्सा एनगाले ६३औं मिनेटमा निर्णायक गोल गरे । १२औं मिनेटमा जोन एगानले रो कार्ड पाएपछि शेफिल्ड १० खेलाडीमा झरेको थियो ।

३६औं मिनेटमा शेफिल्डले पेनाल्टी पाएको थियो । तर जोन लुन्डस्ट्रामको पेनाल्टी प्रहार भिल्लाका नयाँ गोलकिपर एमीलियानो मार्टेनजले बचाए । उनी केही दिनअघि मात्र आर्सनलबाट भिल्ला पुगेका थिए ।

एउटै म्याचविकमा धेरै गोल

प्रिमियर लिगको  एउटै म्याचविकमा सर्वाधिक गोलको कीर्तिमानसमेत बनेको छ ।

यस विकमा कूल ४४ गोल भए । जसमध्ये एभरटन र वेष्टब्रोम, लिड्स युनाइटेड र फुलहम तथा टोटनहम र साउथह्याम्पटनबीचको खेलमा समान ७ गोल भएको थियो । यस्तै लेस्टर र बर्नलीको खेलमा ६ गोल भएको थियो ।

सबैभन्दा कम गोल भएको खेल भिल्ला र शेफिल्डको रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment