Comments Add Comment

यामाहा रे जेडआर १२५ एफआई नेपालमा आज सार्वजनिक हुने

७ असोज, काठमाडौं । आज राति यामाहा रे जेडआर १२५ एफआईलाई नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ समारोह हुने भएको छ । उक्त समारोह यामाहा नेपालको औपचारिक युट्युब च्यानलबाट आज साँझ७ बजे पि्रमियर गरिेनेछ ।

२०२० केा यामाहा रेजेडआर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन् । सुविधाहरूको सन्दर्भमा (वाई) आकारको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्सट्रुमेन्ट क्लस्र्ट स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग सिस्टम छन् । साथै,यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हलुका छ ।

समारोहमा सम्पूर्ण नयाँयामाहा रे जेडआर १२५ एफआईको अनावरण गरिनेछ, जहाँ दर्शकहरुले यो नयाँ उत्पादनको बनावट र विशेषताहरुको अनुभव गर्न पाउनुका साथसाथै बिक्रीशुभारम्भ समारोहको थ्री डि अनुभवको माध्यमबाट नयाँ यामाहाको मुख्य मुख्य भागहरुमा नियाल्न सक्नेछन् ।

यसका साथै यामाहा नेपालले सोही समारोहको दौरान सम्पूर्ण नयाँ रे जेडआर १२५ एफआइका भाग्यशाली विजेताको नामपनि घोषणा गर्नेछ । जस अनुसार यहीविशेष थ्री डि बिक्री शुभारम्भ समारोहको लागि यामाहा नेपालको वेबसाइटमार्फत् आफ्नो नामदर्ता गराउनेहरु मध्येबाट एकजनालाई भाग्यशाली विजेता चयन गरिनेछ ।

सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ को यो खास बिक्री शुभारम्भ समारोहलाई यामाहा नेपालको औपचारिक युट्युब च्यानलँयामाहा नेपालूमाआज साँझ७ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment