+
+
Shares

ड्रग्सको मुद्दामा जोडियो दीपिकाको नाम

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते ११:२९

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् ।

उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ ।

नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।

दीपिकाको नाम सार्वजनिक भएसँगै नायिका कंगना रनावतले उनी ड्रग्स सेवन गरेकै कारण डिप्रेशनमा पुगेको भन्दै ट्विट गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?