Comments Add Comment

आइएमएस मोटर्सले ल्यायो “स्याङयोङ्ग सुपर डिस्काउन्ट” अफर

६ असोज, काठमाडौँ । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” अफर ल्याएको छ।

उक्त अफर अन्‍तर्गत Korean luxury SUV, XLV मा ३ लाख छुट प्राप्त गर्न सक्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी दिएको छ।

ग्राहकहरुले आफ्ना पुराना सवारी Tivoli अथवा XLV सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेविज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।

यस्तै स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निशुल्क बीमा, एक वर्ष निःशुल्क बीमा, २५ हजार बराबरको निःशुल्क सामान, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि र निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म) अफरहरु प्रदान गर्नेछ।

उक्त डिस्काउन्ट अफर असोज ७ देखि २० गतेसम्म लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment