Comments Add Comment

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

फाइल तस्वीर

७ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

अहिले सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको उनले बताए ।

यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चालनमा छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ ।

अहिले सडक दुईतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment