+
+
Shares

सरकारले भन्यो-लामो दुरीका यात्रुले खाना/खाजा आफैं बोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते २१:३१

७ असोज, काठमाडौं । सरकारले लामो दुरीमा सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुलाई खाजा खाना प्याकिङ गरेर बोक्न आग्रह गरेको छ ।

होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दुरीको यात्रामा हिँड्दा सकेसम्म आफैं घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खाना/खाजा साथमै बोक्न अनुरोध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । विभागले अत्यावश्यक काम परेमा मात्रै यात्रा गर्न पनि सुझाएको छ ।

विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा/खाना प्याकेकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?