+
+
Shares

महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई भन्यो : यात्रुसँग नम्र भाषा प्रयोग गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई यात्रुसँग नम्र भाषा प्रयोग गर्न आग्रह गरेको छ।
  • महासंघले सवारी चेकजाँच, सफाइ, डस्टबिन व्यवस्थापन र ट्राफिक नियम पालना गर्न व्यवसायीलाई निर्देशन दिएको छ।
  • सार्वजनिक सवारीमा पार्किङ, फोहोर व्यवस्थापन र टिकट अनिवार्यताका विषयमा महासंघले सचेत गराएको छ।

२९ चैत, काठमाडौंं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मातहतमा सञ्चालित सार्वजनिक सवारी साधनका कर्मचारीलाई यात्रुसँग नम्र भाषा प्रयोग गर्न आग्रह गरेको छ ।

आइतबार एक आह्वान सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘सार्वजनिक यात्रुवहाक सवारी साधन चालक, परिचालक अनुशासित भई यात्रुसँग नम्र भाषा प्रयोग गर्ने । समय समयमा यात्रुलाई शौचालय भएको स्थानमा रोकी सफा, शुद्ध खानाको व्यवस्था मिलाउनु पर्नेछ ।’

सार्वजनिक सवारी साधनमा कर्मचारीको अमानवीय व्यवहारको शिकार धेरै यात्रु बनिरहेका छन् । तीव्र आलोचना हुँदा पनि उनीहरूको व्यवहारमा परिवर्तन नआउँदा व्यवसायीमाथि नै आलोचना हुने गरेको छ।

महासंघले सञ्चालन गर्नुअघि सवारी साधनको चेकजाँच अनिवार्य गर्न, साधन सफा र आकर्षक बनाई चलाउन समेत भनेको छ । साथै यात्रुलाई पनि झ्यालबाट जथाभावी फोहोर नफाल्न र अपशब्द नबोल्न सचेत गराएको छ । सवारी साधनमा डस्टबिन राखी फोहोरको व्यवस्थापन गर्न महांसंघले सदस्य व्यवसायीलाई आग्रह गरेको छ । यात्रुवहाक सवारीसाधन र मालबाहक सवारी साधनलाई पार्किङ स्थलमा मात्र पार्किङ गर्न भनेको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सडक पुनर्निर्माण भएको स्थानमा पार्किङ, जथाभावी जाम गरी तछाडमछाड नगर्न महासंघले आग्रह गरेको छ । सार्वजनिक सवारीलाई ट्राफिक नियमको पूर्ण पालना गर्न भनिएको छ । गन्तब्यमा प्रस्थान गर्दा बाटोको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न समेत सचेत गराइएको छ । यात्रुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न महासंघले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?