+
+
Shares

काठमाडौंको नयाँ बसपार्कमा यात्रुलाई हैरान पार्ने २३ जना पक्राउ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दु:ख–हैरानी दिएको गुनासोका आधारमा अनुगमन गर्दा भेटिएका २३ जना पक्राउ गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १८:०१

१७ असार, काठमडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुहरूलाई हैरान पार्ने २३ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दु:ख–हैरानी दिएको गुनासोका आधारमा अनुगमन गर्दा भेटिएका २३ जना पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई पक्राउ गर्दा प्रहरीमाथि समेत अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरू :

१. रुपन्देही, सैनामैना नगरपालिका–११ का ६० वर्षीय डोलराज सेन

२. गोरखा, गण्डकी गाउँपालिका–५ का २१ वर्षीय प्रदीप भुजेल

३. जुम्ला, गुठिचौर गाउँपालिका–४ का २७ वर्षीय लोकदर्शन पाण्डे

४. बाँके, कोहलपुर नगरपालिका–५ का २३ वर्षीय सन्देश शाही

५. बाँके, कोहलपुर नगरपालिका–१२ का २८ वर्षीय मिलन भण्डारी

६. दाङ, दंगीशरण गाउँपालिका–६ का २४ वर्षीय रमेश खत्री

७. दाङ, घोराही उपमहानगर–२ का २३ वर्षीय विकास घर्ती

८. रोल्पा, रुन्टीगढी गाउँपालिका–७  का २० वर्षीय किरण पुन

९.रुपन्देही, तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रोहित बिक

१०. कास्की, पोखरा महानगर–११ का ३२ वर्षीय सन्तोष शाही

११. डडेलधुरा, अरमगढी नगरपालिका– ७ का ३२ वर्षीय शिवराज भट्टराई

१२. मुगु, खत्याड गाउँपालिका–४ का २३ वर्षीय कविराज रोकाय

१३. दाङ, तुल्सीपुर उपमहानगर–१३ का २५ वर्षीय प्रकाश खत्री

१४.रुपन्देही, बुटवल उपमहानगर–४ का १९ वर्षीय रविन विश्वकर्मा

१५. उदयपुर, रौतामाई नगरपालिका–७ का २३ वर्षीय जितबहादुर मगर

१६.कैलाली, लम्कीचुहा नगरपालिका–१० का ४० वर्षीय कृष्णप्रसाद कठरिया

१७.दाङ, तुल्सीपुर उपमहानगर–१८ का १७ वर्षीय विजय नेपाली

१८. कैलाली, गोदावरी नगरपालिका–२ का २७ वर्षीय पदम ओली

१९. दाङ, शान्तिनगर नगरपालिका–५ का २१ वर्षीय रिजन घर्तिमगर

२०.स्याङ्जा, गल्याङ नगरपालिका–११ का ३२ वर्षीय कमल ज्ञवाली

२१. कैलाली, धनगढी उपमहानगर–८ का ३२ वर्षीय दीपक न्यौपाने

२२. कैलाली, टीकापुर नगरपालिका–१ का १९ वर्षीय मनोज साउँद

२३. कैलाली, धनगढी उपमहानगर–२ का ३८ वर्षीय प्रेम विष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?