Comments Add Comment

यी हुन् भारतको प्रविधि जगतका शीर्ष १० अर्बपतिहरु

काठमाडौं । कोरोना भाइरस महामारीका कारण सन् २०२० विश्वभर नै प्रविधि क्षेत्रका लागि समेत चुनौतिपूर्ण रह्यो ।

यद्यपि भारतका अर्वपतिहरुको सूचि सार्वजनिक गर्ने आइआइएफएल वेल्थ रिपोर्ट अनुसार यो वर्ष भारतमा थप १ सय ६१ जना नयाँ अनुहारहरु अर्बपतिको सूचिमा उक्लिन सफल भए ।

भारतको प्रविधि जगत आफैंमा निकै विशाल छ र धेरै अर्बपतिहरु यो क्षेत्रले जन्माएको छ । भारतको प्रविधि क्षेत्रका सबैभन्दा धनी १० अर्बपतिहरुको सूचि यस्तो छ :

१. शिव नादार : एचसिएल कम्पनीका संस्थापक नादार भारतका सबैभन्दा धनी प्रविधि अर्बपति हुन् । उनको सम्पत्ति १४ खर्ब १७ अर्ब भारु रहेको छ ।

२. आजिम प्रेमजी : विप्रो कम्पनीका संस्थापक अध्यक्ष प्रेमजी भारतका प्रविधि अर्बपतिको सूचिमा दोश्रो स्थानमा छन् । उनको सम्पत्ति ११ खर्ब ४४ अर्ब भारु रहेको छ ।

३. जय चौधरी : क्लाउड कम्प्युटिङ्ग कम्पनी स्कालरका सिइओ, अध्यक्ष तथा संस्थापक चौधरीको सम्पत्ति ६ खर्ब ५८ अर्ब भारु रहेको छ ।

४. सुनिल मित्तल : भारती इन्टरप्राइजेजका संस्थापक तथा अध्यक्ष मित्तल २ खर्ब ५५ अर्ब भारु सम्पत्ति सहित पाँचौ स्थानमा रहेका छन् ।

५. विजय शेखर शर्मा : पे टिम कम्पनीका संस्थापक तथा सिइओ शर्माको कूल सम्पत्ति २ खर्ब ३० अर्ब भारु रहेको छ ।

६. बिजु राभीन्द्रन : शिक्षा प्रविधि तथा अनलाइन शिक्षण कम्पनीको रुपमा रहेको बिजु कम्पनीका मालिक रभीन्द्रनको सम्पत्ति सन् २०२० मा ११३ प्रतिशतले बढेको छ । उनको कूल सम्पत्ति हाल २ खर्ब ४० करोड भारु पुगेको छ ।

७. एस गोपालकृष्णन् : इन्फोसिस कम्पनीका पूर्व सिइओ तथा सस्थापक गोपालकृष्णन्को सम्पत्ति १ खर्ब ८१ अर्ब भारु रहेको छ ।

८. एनआर नारायण मुर्थी : इन्फोसिस कम्पनीका सहसस्थापक रहेका मुर्थीको सम्पत्ति १ खर्ब ६४ अर्ब भारु रहेको छ ।

९. दिव्यांक टुराखिया : मेडिया नेट कम्पनीका संस्थापक टुराखियाको सम्पत्ति १ खर्ब ४० अर्ब भारु रहेको छ ।

१०. आमोद माल्भिया : इ-कमर्श प्लाटफर्मको रुपमा रहेको उडान कम्पनीका सहसंस्थापक रहेका माल्भियाको सम्पत्ति सन् २०२० लागेयता २७४ प्रतिशतले बढेको छ । भारतका टपटेन प्रविधि अर्बपतिको सूचिमा पर्न सफल उनको कूल सम्पत्ति १ खर्ब ३० अर्ब भारु रहेको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment