Comments Add Comment

डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद अध्यक्ष

४ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल को संघीय परिषदका अध्यक्ष बनेका छन् ।

मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको छ । त्यस्तै कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई रिहाई अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको जसपाका एक नेताले जानकारी दिए ।

सोमबार सुरु भएको उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको ती नेताले जानकारी दिए ।

कार्य विभाजन तथा जिम्मेवारी बाँडफाँट

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले विभिन्न विभागहरूको जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।

केन्द्रीय निकायहरू :

केन्द्रीय सल्लाहकार समिति प्रमुख : भीमप्रसाद गौतम

केन्द्रीय विज्ञ परिषद् प्रमुख : डा. पुष्पराज राजकर्णिकार

केन्द्रीय अनुशासन आयोग प्रमुख : लक्ष्मणलाल कर्ण

केन्द्रीय निर्वाचन आयोग प्रमुख : अनिलकुमार झा

केन्द्रीय लेखापरिक्षण प्रमुख : अमरेश नारायण झा

केन्द्रीय विभागहरू:

१. नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख : शरतसिंह भण्डारी

२. अनुशासन, अभिलेख तथा अन्तरप्रदेश समन्वय विभाग प्रमुख : रामसहायप्रसाद यादव

३. पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख : हेमराज राई

४. अन्तर्राष्ट्रिय (राजनीतिक तथा कुटनीतिक) विभाग प्रमुख : रकम चेम्जोङ

५. सूचना, संचार प्रकाशन तथा प्रचार विभाग प्रमुख : डम्बरु बल्लभ खतिवडा

६. आर्थिक विभाग प्रमुख : उमाकान्त झा

७. संसदीय व्यवस्था विभाग प्रमुख  : अमृता अग्रहरि

८. संघीय मिला विभाग प्रमुख : वृषेशचन्द्र लाल

९. शहीद तथा बेपत्ता परिवार, घाइते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभाग प्रमुख : चन्दा चौधरी

१०. सुरक्षा विभाग प्रमुख : सुनील रोहित

११. उत्पादन तथा स्वरोजगार विभाग प्रमुख : रमेश यादव

१२. कृषि तथा भूमि व्यवस्था विभाग प्रमुख : मृगेन्द्रसिंह यादव

१३. वन तथा वातावरण विभाग प्रमुख : गोविन्द चौधरी

१४. सहकारी तथा गरिबी निवारण विभाग प्रमुख : निर्चला राउत

१५. मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुख : सुशीला श्रेष्ठ

१६. भ्रष्टाचार नियन्त्रण तथा सुशासन विभाग प्रमुख : मनिषकुमार सुमन

१७. आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुख : अकवाल अहमद शाह

१८. शहरी विकास तथा खानेपानी विभाग प्रमुख : इस्तियाक राई

१९. प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थपन प्रमुख : अकवाल अहमद शाह

२०. शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख : रेणुकुमारी यादव

२१. स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : युवराज कार्की

२२. पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख : प्रकाश अधिकारी

२३. राज्य व्यवस्था विभाग प्रमुख : राजकिशोर यादव

२४. स्थानीय तह परिचालन विभाग प्रमुख : महेन्द्र राय यादव

२५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था प्रमुख : सवेन्द्रनाथ शुक्ल

२६. श्रम तथा रोजगार विभाग प्रमुख : राजकुमार लेखी

२७. संवैधानिक व्यवस्था तथा कानून विभाग प्रमुख  : नवराज सुवेदी

२८. समावेशी विभाग प्रमुख : हिसिला यमी

२९. आर्थिक नीति तथा योजना विभाग प्रमुख : प्रशान्त सिंह

३०. जल तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुख : रणध्वज कन्दङ्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment