Comments Add Comment

निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको प्रहरीले छानबिन थाल्यो

३ मंसिर, काठमाडौं । काठमाडौंमा तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा प्रहरी प्रधान कार्यालय, नक्सालले चासो देखाएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार श्रेष्ठलाई सडकमा अपशब्द बोल्दै गरिएको दुर्व्यवहारको विषयमा गुनासो आएपछि छानबिन थालिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘साइबर ब्युराले यस विषयमा अध्ययन गरिरहेको छ ।’

छानबिनबाट दोषी देखिए दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही हुने भनिएको छ । सामाजिक सञ्जाल युट्युब र फेसबुकमा निकिशाका विभिन्न भिडियोहरु भाइरल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment