Comments Add Comment

बार्सिलोनामा मेसी यो अन्तिम सिजन हो : रिभाल्डो

५ मंसिर, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनका पूर्वफरवार्ड रिभाल्डोले लिओनल मेसीका लागि २०२०-२१ को सिजन बार्सिलोनामा अन्तिम रहेको बताएका छन् ।

बार्सिलोनाको नयाँ  सञ्चालक समितिले मेसीलाई क्लबमै बस्न मनाउन नसक्ने र उनले २०२०-२१ अभियानको अन्त्यमा क्याम्प नोउ छाड्ने रिभाल्डोले दावी गरेका छन् ।

मेसीले गत समरमै क्लब छाड्‍न सहमति खोजेका थिए तर क्लबको तत्कालिन सञ्चालक समितिले उनलाई निःशुल्क स्थानान्तरणमा जान दिन अस्वीकार गरेपछि उनी त्यहीँ रहन बाध्य भएका थिए ।

यद्यपि रिभाल्डोले यो सिजन मुख्य घरेलु वा युरोपियन च्याम्पियनसिप जितेमा मेसीको मन परिवर्तन हुन सक्ने पनि बताएका छन् ।

‘मेरो विचारमा, यस सिजनमा च्याम्पियन्स लिग वा ला लिगा जितेको खण्डमा वा प्रशिक्षक रोनाल्ड कोएमनले टिमलाई राम्रो फुटबल खेलाएमा मात्र मेसीले निर्णयमा पुनर्विचार गराउन सक्छन् । दुर्भाग्यवश, मलाई डर छ कि यो क्लबसँग उसको अन्तिम सिजन हुनसक्छ’ रिभाल्डोले भनेका छन् ।

‘निसन्देह मेसीलाई अन्य क्लबहरूबाट राम्रो प्रस्ताव आएका छन् र पहिले नै क्लब छोड्ने प्रयास गरिरहेका थिए । मलाई थाहा छैन कि हाम्रो बोर्डले उसलाई त्यो निर्णयमा फर्कन कसरी मनाउनेछ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment