Comments Add Comment

फिन्च र स्मिथको शतकसँगै अस्ट्रेलियाको जित

१२ मंसिर, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पहिलो ओडिआई क्रिकेटमा भारतलाई ६६ रनले पराजित गरेको छ । कप्तान आरोन फिन्च र स्टिभ स्मितको शतक अनि एडम जाम्पा र जोस हेजलउडको उत्कृष्ट बलिङ मद्दतमा अष्ट्रेलियाले पहिलो खेलमा शानदार जित हात पारेको हो ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो । जवाफमा भारतले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३०८ रनमात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि फिन्च र स्मिथले शानदार शतक प्रहार गरे । फिन्चले १२४ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा ११४ रन बनाए । यस्तै स्मिथले ६६ बल खेल्दै ११ चौका र ४ छक्का मद्दतमा १०५ रन बनाए । यस्तै ओपनर डेविड वार्नरले ६९ रन जोडे । ग्लेन म्याक्सवेलले १९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ४५ रन बनाए । फिन्च र वार्नले पहिलो विकेटका लागि १५६ रनको साजेदारी गरेका थिए । यस्तै फिन्च र स्मिथले दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे ।

भारतका लागि मोहम्म शामीले ३ विकेट लिए ।

उच्च लक्ष्य पछ्याउने क्रममा भारतले उत्कृष्ट सुरुवात गरेको थियो । तर सुरुदेखि नै विकेट गुमाउँदा भारतले लक्ष्यसमेम पुग्न सकेन ।

भारतले १०१ रन जोड्दा ४ विकेट गुमाउको थियो । तर ओपनर धवनले एक छेउबाट इनिङ्स टिकाइरहेका थिए । धवनले हार्दिक पाण्ड्यासँग पाँचौ विकेटका लागि शतकीय साझेदारी गरे । तर त्यसपछि विकेट निरन्तर जाँदा अष्ट्रेलियाले खेलमा फेरि पकड बनाएको थियो । भारतका लागि हार्दिकले सर्वाधिक ९० रन बनाउ । उनले ७६ बल खेल्दे ७ चौका र ४ छक्का प्रहार गरे । भवनले ७४ रन बनाए ।

बलिङमा अष्ट्रेलियाका लागि जाम्पाले ४ र हेजलउडले ३ विकेट लिए । जाम्पाले १० ओभर बलिङ गर्दा ५४ र हेजलउडले १० ओभरमा ५५ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment