१२ मंसिर, काठमाडौं । एरोन फिन्च र स्टिभ स्मिथको शतकसँगै अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३७४ रनको लक्ष्य दिएको छ ।
सिड्नीमा टस जितेर व्याटिङ थालेको अष्ट्रेलियाको सुरुवात राम्रो रहृयो । कप्तान फिन्चले डेभिड वार्नरसँग मिलेर पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरे ।
वार्नर व्यक्तिगत ६९ रनमा आउट भए । त्यसपछि आएका स्मिथले फिन्चसँत महत्वपूर्ण साझेदारी गरे । दुवैले शतक पूरा गरे । फिन्च ११४ रनमा आउट भए भने स्मिथले १०५ रन बनाए । म्याक्स वेलले ४५ रन जोडेका छन् ।
भारतमा मोहम्मद शामीले ३ विकेट लिए ।
अहिले भारतले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया 4