+

टी-२०आई बलिङ वरियतामा ललित ३८ स्थान फड्को मार्दै ८०औं स्थानमा

२०८३ असोज  १४ गते १५:०७ २०८३ असोज १४ गते १५:०७

१४ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका बाँयाहाते स्पीनर ललित राजवंशी आईसीसी टी-२०आई बलिङ वरियतामा ३८ स्थान फड्को मारेका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरीयताअनुसार ललित ३८ स्थान माथि उक्लिएका हुन् । उनी ८०औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ४६८ छ ।

जापानमा भएको एसियन गेम्समा दुई खेल मात्र खेलेको नेपालले एक खेलमा मात्र बलिङ गरेको थियो ।

अफगानिस्तानसँगको खेलमा ललितले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए । सोही प्रदर्शनबाट उनको वरीयता सुधार भएको हो ।

बलिङ वरियतामा सन्दीप लामिछाने दुई स्थान माथि उक्लिएर ४७औं स्थानमा पुगेका छन् भने दीपेन्द्रसिंह ऐरी एक स्थान सुधार गरेर ५९औं स्थानमा छन् ।

टी-२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा यथावत् छन् ।

आईसीसी वरीयता टी-२०आई वरीयता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय