+
२०औं एसियन गेम्स :

एसियन गेम्स : जुडोमा नेपालका चार खेलाडी बाहिरिए

२०८३ असोज  १४ गते ९:४४ २०८३ असोज १४ गते ९:४४

१४ असोज, काठमाडौं । एसियन गेम्सको जुडोमा नेपालका चार खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

महिला ५२ केजी तौल समूहमा देवकी माया श्रेष्ठ इलिमिनेसन राउन्ड अफ १६ मा भियतनामकी थि नगान हासँग पराजित भइन् । हाले युकोमार्फत जित निकालिन् ।

महिला ४८ केजी इलिमिनेसन राउन्ड अफ १६ खेलमा निशा श्रेष्ठ हङकङकी वङ का लीसँग पराजित भइन् ।

त्यस्तै पुरुष ६६ केजीमा विशेष विक हङकङका वङ का कीसँग इलिमिनेसन राउन्ड अफ ३२ मा वाजाआरीको आधारमा पराजित भए ।

यस्तै, पुरुष ६० केजीमा विकास विक उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग राउन्ड अफ १६ मा इप्पोनको आधारमा पराजित भए ।

अब नेपालबाट महिला ७० केजीमुनि पुनम श्रेष्ठ र पुरुष ९० केजीमूनि सुजन गुरुङको प्रतिस्पर्धा बाँकी छ ।

२०औं एसियन गेम्स एसियन गेम्स जुडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय