+

एनपीएलको तेस्रो सिजनमा यशा सागर बनिन् होस्ट

२०८३ असोज  १३ गते २१:३७ २०८३ असोज १३ गते २१:३७

१३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि यशा सागर प्रस्तोता (होस्ट) का रूपमा आउने भएकी छन् ।

एनपीएलले सामाजिक सञ्जालमार्फत यशालाई तेस्रो सिजनको होस्टका रूपमा प्रस्तुत गरेको हो । एनपीएलले ‘नेपाल, तयार हुनुहोस्’ भन्दै यशाको आगमनबारे जानकारी गराएको छ ।

क्यानडाकी मोडल, अभिनेत्री तथा फिटनेस इन्फ्लुएन्सर यशा सागरले सन् २०१७ मा पञ्जाबी संगीत क्षेत्रबाट आफ्नो करिअर सुरु गरेकी थिइन् । उनले पञ्जाबी, हिन्दी र तेलुगुसहित ३० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

भारतको पञ्जाबमा जन्मिएकी यशाले भारतमै स्नातक तहको अध्ययन पूरा गरेपछि थप अध्ययनका लागि सन् २०१५ को डिसेम्बरमा क्यानडा पुगेकी थिइन् । अध्ययनकै क्रममा पूर्वसहपाठीको म्युजिक भिडियोमा मुख्य भूमिकाका लागि प्रस्ताव पाएपछि उनको अभिनय तथा मोडलिङ यात्रा अघि बढेको हो ।

यशाले एनपीएलका समर्थक र नेपालको अनुभवलाई लिएर आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले नेपाली समर्थकको क्रिकेटप्रतिको उत्साहबारे आफूले धेरै सुनेको भन्दै उनीहरूसँग भेट्न, नेपाली खाना र संस्कृति अनुभव गर्न उत्साहित रहेको बताइन् ।

एनपीएलको यसअघिको सिजनमा जेस क्रोए होस्टका रूपमा रहेकी थिइन् । तेस्रो सिजनका लागि भने एनपीएलले यशालाई होस्टका रूपमा घोषणा गरेको हो ।

एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।

एनपीएल २०२६ यशा सागर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय