Comments Add Comment

१९ महिनापछि खेलाडी र अफिसियलले पाए एन्फाबाट पुरस्कार

१२ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७६ सालको एन्फा डे को अवसरमा घोषणा गरेको पुरस्कार शुक्रबार वितरण गरेको छ । एन्फाले शुक्रबार आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक र रेफ्रीलाई पूर्व घोषित मोटरबाइक र स्कुटर पुरस्कार प्रहार गरेको हो ।

राष्ट्रिय पुरुष टिमका अभिषेक रिजालले यामाह मोटरबायक र राष्ट्रिय महिला टिमकी मन्जली कुमारी योन्जन स्कुटर प्राप्त गरिन् । दुवै खेलाडी एन्फा डे को अवसरमा उद्यमान खेलाडी घोषित भएका थिए ।

एन्फाले गत वर्षको ‘एन्फा डे’ को अवसरमा विभिन्न विधामा पुरस्कारको घोषणा गरे पनि उनीहरुले पुरस्कार पाउन एक वर्षभन्दा बढी कुर्नुपरेको हो ।

त्यस्तै एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षक चयन भएका अवार्ड हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भगिरथ आलेलाई पनि मोटरबाइक प्राप्त गरेको छ ।

त्यसैगरी पुरुषतर्फ उत्कृष्ट रेफ्री घोषित पूर्व फिफा रेफ्री लव खत्री र महिलातर्फ अस्मिता मानन्धरलाई पनि क्रमश: मोटरबाइक र स्कुटर प्रदान गरिएको छ ।

एन्फाले गत वर्षदेखि हरेक वर्षको बैशाख २२ गतेलाई एन्फा डे को रुपमा मनाउने गरेको छ । तर कोरोना महामारीको कारण एन्फाले यस वर्ष भने एन्फा डे मा कुनै कार्यक्रम गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment