Comments Add Comment

वेष्टइन्डिजमाथि न्युजिल्याण्डको शानदार जित

१२ मंसिर, काठमाडौं । न्युजिल्याण्डले पहिलो टी२० मा वेष्टइन्डिजमाथि शानदार जित हात पारेको छ ।

अकल्याण्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले डीएल मेथडका आधारमा वेष्टइन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा घटाइएको थियो ।

जसमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले कप्तान काएरन पोलार्डको विष्फोटक ब्याटिङ मद्धतमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य न्युजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । न्युजिल्याण्डको जितमा जेम्स निशमले अविजित रहँदै सर्वाधिक ४८ रन बनाए । निशमले २४ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै डेभोन कोन्वेले ४० रन जोडे । मिचेल सान्टनरले अविजित ३१ रन बनाए । भने ।ग्लेन फिलिप्सले ७ बलमा २२ रन जोडे । वेस्ट इन्डिजका ओशाने थोमसले २ विकेट लिए ।

वेस्ट इन्डिजका लागि कप्तान काएरन पोलार्डले अविजित ७५ रन बनाए । ३७ बल खेलेका पोलार्डले ४ चौका र ८ छक्का प्रहार गरे । यस्तै आन्द्रे फ्लेट्चरले ३४ र फाबियन एलनले ३० रन बनाए । न्युजिल्याण्डका लकी फर्गुसन एक्लैले ५ विकेट लिए । यस्तै कप्तान टिम साउथीले २ विकेट लिए ।

पहिलो खेल जित्दै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो टी२० आइतबार हुनेछ ।

टी २० सिरिजपछि दुई टिमबीच २ खेलको टेस्ट सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment