Comments Add Comment

युरोपा लिग : आर्सनल, लेस्टर, रोमा र होफेनहेइम अन्तिम ३२ मा प्रवेश

१२ मंसिर, काठमाडौं । इंग्लिस क्लबद्वय आर्सलन र लेस्टर सिटी युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेका छन् । यस्तै इटालियन क्लब रोमा र जर्मन क्लब होफेनहेइम पनि राउण्ड अफ ३२ मा पुगेका छन् ।

चारै टोली समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह बी अन्तर्गत आर्सनलले अपराजित यात्रा कायम राख्ने क्रममा गएराति मोल्डेलाई ३-० ले हरायो । आर्सनलका लागि निकोलस पेपले ५०औं, रेइस नेल्सनले ५५औं र फ्लारिन बालोगुनले ८३औं मिनेटमा गोल गरे ।

जितपछि ४ खेलबाट शतप्रतिशत नजितासहित १२ अंक जोडेको लण्डन क्लब आर्सनल शीर्ष स्थानमा छ । पराजित मोल्डे ४ खेलबा६ ६ अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा डुनडकलाई ३-१ ले पराजित गरेको रापिड विएनको पनि ६ अंक छ र गोलअन्तरमा तेस्रो स्थानमा छ ।

उता लेस्टर सिटी भने समूह जी को खेलमा ब्रागासँग ३-३ को बराबरी खेल्दै अन्तिम ३२ मा पुगेको छ । तीन पटक पछि परेको अवस्थामा पनि लेस्टरले पुनरागमन गर्दै बराबरी गरेको हो । जेमी भार्डीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै लेस्टरलाई हारबाट बचाएका थिए ।

त्यसअघि फ्रान्सर्जियोले खेलको अन्तिम समयमा गोल गर्दै ब्रागालाई ३-२ को अग्रता दिलाउदै जित नजिक पुर्‍याएका थिए । त्यसअघि ब्रागाका लागि अल मुसराती र पाउलिन्होले गोल गरेका थिए भने लेस्टरका लागि हार्भे बार्न्स र लुक थोमसले बराबरी गरेका थिए ।

बराबरीपछि समूह जी मा लेस्टरको ४ खेलबाट १० अंक भएको छ र शीर्ष स्थानमा छ । ब्रागा ७ अंकसहित दोस्रो स्थानमा छ । जोयासंग ३-० ले पाजित भएको एइके एथेन्स ३ अंकसहित तेस्रोमा छ भने पहिलो ३ अंक जोडेको जोया अन्तिम स्थानमा छ ।

यस्तै समूह ए अन्तर्गत खेलमा सिएफआर क्लुजलाई २-० ले पराजित गर्दे रोमा पनि अन्तिम ३२ मा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा रोमाले दुई गोल गर्‍यो । ४९औं मिनेटमा क्लजुका गाब्रिएल डेबेजुहले आत्मघाती गोल गरे भने ६७औं मिनेटमा रोमाका जोर्डन भेरेटोटले पेनाल्टीमा गोल गरेका थिए ।

जितपछि ४ खेलबाट १० अंक जोड्दै रोमा शीर्ष स्थानमा छ । क्लुज भने ४ अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा पिएफसी सिएसकेए सोफियालाई १-० ले पराजित गरेको योङ व्बाइज ७ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस्तै समूह एलमा होफेनहेइमले अपराजित यात्रा कायम राखेको छ । सल्भान लिबेरेकलाई २-० ले पराजित गर्दै होफेनहेइमले शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेको छ । होफेनहेइमका लागि क्रिस्टोफ बाउमगाटनर र आन्द्रे क्रामारिकले गोल गरे ।

स्लोभान लिबेरेक भने ३ अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा नेज्टलाई २-० ले पराजित गर्दै एफके क्रेना जेज्दा ९ अंक जोड्दै दोस्रो स्थानमा छ ।

युरोपा लिगकै अन्य खेलहरुमा इंग्लिस क्लब टोटनहम इटालियन क्लब नापोली विजयी भएका छन् । ब्राजिलियन खेलाडी भिनिसियसले दुई गोल गरेपछि टोटनहमले लुडोगोरेट्स राजगार्डलाई ४-० ले हरायो । ह्यारी विङ्क्स र लुकास माउराले टोटनहमका लागि बाँकी गोल गरे । जितपछि  टोटनहम ४ खेलबाट ९ अंकसहित समूह एममा दोस्रो स्थानमा छ । एलएएसकेलाई २-० ले पराजित गर्दै ९ अंक नै जोडेको रोउल एन्टवर्प भने शीर्ष स्थानमा छ ।

यस्तै समूह एफमा नापोलीले रिजिकालाई २-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।अर्को खेलमा रियल सोसिडाड र एजेड खल्कमारले गोलरहित बराबरी खेलेपछि नापोलीलाई फाइदा पुगेको हो । नापोली ४ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ । समान ७ अंक जोडेका सोसिडाड र अल्कमार क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment