Comments Add Comment

१३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

१३ मंसिर, काठमाडौं । गत २४ घण्टामा एक हजार ३८० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएका छन्।

देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिलासहित ६४५ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति थपिए ?

काठमाडौं ४८९, ललितपुरमा १२४, कास्कीमा ११८, झापामा ६७, सुनसरीमा ५९, रुपन्देहीमा ५८, मोरङमा ४१, बाँकेमा ३७, भक्तपुरमा ३६, लमजुङमा २४, तनहुँमा २२, बागलुङ र काभ्रेमा १९/१९, नुवाकोट १८,  स्याङ्जा र  नवलपरासी पश्चिममा १७/१७, धादिङ, मकवानपुर र पाल्पामा १५/१५, बर्दिया, चितवन, गोरखा र कपिलवस्तुमा १३/१३ संक्रमित थपिएका छन् ।

यस्तै, धनुषा ११, दोलखा र सिराहमा ९/९ जना, गुल्मीमा ८, सप्तरीमा ७, ओखलढुंगा, रामेछाप र सर्लाहीमा ६/६, सिन्धुपाल्चोक र पाँचथरमा ५/५, दाङ, अछाम र डडेल्धुरामा ४/४, प्युठान, म्याग्दी, धनकुटा र भोजपुरमा ३/३, पर्वत, पुस्ताङ, अर्घाखाँची, इलाम, उदयपुर, सिन्धुली र खोटाङमा २/२ जना रहेका छन् ।

ताप्लेजुङ, थेह्रथुम,  संखुवासभा, पर्सा, बारा, महोत्तरी, रौतहट, नवलपरासी पूर्व, रोल्पा र दैलेखमा एक/एकजनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment