Comments Add Comment

प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्ने

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।

डिसेम्बर ३ र ४ तारिखमा हुने सो विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र भ्याक्सीनको विकास गरिरहेका कम्पनीका प्रमूखहरुले सम्बोधन गर्नेछन् । सो महासभाको मुख्य उद्देश्य कोभिड–१९ को महामारी र यसले पारेका प्रभावहरुको बारेमा सम्बोधन गर्नु हो ।

सो महासभामा प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको भिडियो रेकर्ड गरेर महासभा पुर्‍याइसकिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो विशेष महासभालाई सम्बोधन गर्नुहुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अनलाइखबरसँग भनिन् ।

यसअघि मन्त्रिपरिषदको वैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो । प्रम ओलीले पहिलो दिन नै सम्बोधन गर्नेछन् ।

सो महासभामा जम्मा १४१ वक्ताहरु रहने छन् । त्यसमध्ये ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीहरु रहेका छन् ।

विश्वका नेताहरुको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोपका विभिन्न पक्षहरुको बारेमा छलफल समेत हुने कार्यक्रम रहेको छ ।

नेपालले कोभिड–१९ को सम्बन्धमा हुने गरेका अन्तर्राष्ट्रिय छलफलमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ । नेपालले कोभिड–१९ को खोपको विकास हुनासाथ त्यसमा सबैको समान पहुँच हुनुपर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment