Comments Add Comment

नेपाल प्रहरीका एसपीद्वय यादव र बस्नेत निलम्बित

१७ मंसिर, काठमाडौं । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा गृह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसपछि मन्त्रालयले  बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि निलम्बन गरेर छानबिन थालिएको अनलाइनखबरलाई बताए ।

उनका अनुसार एसपीद्वयमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ । रञ्जितकार प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा कार्यरत छन् ।

यादव यसअघि सिन्धुलीमा कार्यरत रहँदा पनि गाँजा उत्पादन गर्नेप्रति नरम देखिएको भन्दै सर्वेन्द्र खनाल नेतृत्वमा रहेका वेला प्रहरी मुख्यालयले छानविन गरेको थियो ।

एसपी बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् । दुवै जना विवादास्पद छविका अधिकृतका रूपमा प्रहरीभित्र चिनिन्छन् ।

ट्र्राफिकमा रहँदा उनीहरुले मातहतका इकाइबाट मासिकरुपमा असुली गरेको उजुरी परेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment