Comments Add Comment

रिक्त दरबन्दीमा पदपूर्ति गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

२३ मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमा आवश्यक कर्मचारीहरू करारमा भर्ना गर्ने भएको छ ।  पुँजीगत खर्च बढाउन र विकास निर्माणका कामहरू अघि बढाउन प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने निर्णय गरेको हो ।

म‌ंगलबार सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले मन्त्रालयमा आवश्यक ४३ जना कर्मचारीलाई करारमा भर्ना गर्ने निर्णय गरेको हो । मन्त्रालयमा दरबन्दी रहेका तर, उपस्थित नभएका कर्मचारीहरूलाई प्रदेश सरकारले आफैं भर्ना गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा पनि ३२ जना कर्मचारी भर्ना गर्ने निर्णय गरेको उनले बताए ।

वैद्यनाथ धाम विकास समितिका गठन आदेश संशोधन गर्ने, कोभिड १९ रोगको नियन्त्रण रोकथाम र उपचारका लागि आवश्यक रकमको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशका मार्गमा पर्ने डोटीमा झिग्राना देखी बिचपानी सम्मको १५ किलोमिटरमा प्रदेश सरकारले जंगलसफारी तथा वनपथ निर्माण गर्ने भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए तयार गर्न प्रदेश सरकारले १५ लाख दिने निर्णय गरेको प्रदेश अर्थमन्त्री बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment